२०८२ असार ३० गते सोमवार / Jul 14 , 2025 , Monday
२०८२ असार ३० गते सोमवार
Ads

सिमखोलामा बेलिब्रिज जडान कार्य सुरु

shivam cement
मध्यान्ह
२०८२ असार २९ गते १५:३४
सिमखोलामा बेलिब्रिज जडान कार्य सुरु

हेटौंडा : गत वर्ष आएको बाढीपहिरोले क्षतिग्रस्त कुलेखानी जलविद्युत् आयोजनाको ड्याममुनिको सिमखोलामा बेलिब्रिज जडान सुरु गरिएको छ ।

बेलिब्रिज जडान गर्न एक साता लाग्ने र पुल भएर सवारीसाधन सञ्चालनमा आउन बढीमा दुई साता लाग्ने छ । यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका प्रमुख नभिन सिंहका अन्ुसार आइतबारदेखि दक्ष जनशक्ति र आवश्यक उपकरण प्रयोग गरेर बेलिब्रिज जडानको काम सुरु भएको हो ।

गत असोज ११ र १२ गते भएको भारी वर्षासँगै पुलको दायाँबायाँ अर्थात् पहुँचमार्ग नै बगाएकाले बेलिब्रिज राख्न लागिएको हो । सिमखोलामा बेलिब्रिज हाल्नका लागि भैंसे–भीमफेदी सडकखण्डको घट्टेखोलामा रहेको १३ मिटर लामो र मान्डुखोलामा रहेको ५० मिटर लामो बेलिब्रिज झिकेर ल्याइएको छ ।

सिमखोलामा ६० मिटर लामो बेलिब्रिज हाल्नुपर्ने भएकाले २ वटा बेलिब्रिज झिकेर यहाँ ल्याएको पूर्वाधार निर्देशनालयका प्रमुख सिंहले बताए । 

साउनको पहिलो साता नै बेलिब्रिज हालेर सवारी साधन आउजाउ गराउने लक्ष्यका साथ काम भइरहेको बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

बेलिब्रिज राख्न, पक्की पहुँच मार्ग बनाउन र पुल वरिपरिको क्षतिग्रस्त सडक निर्माण गर्न गौरव इन्जिनियर्स प्रालिले एक करोड ८८ लाख रुपैयाँमा ठेक्का लिएको छ ।

भारी वर्षासँगै कुलेखानी भरिएपछि ‘ओभर फलो’ रोक्न गेट खोल्दा इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी ड्यामको तल्लो भागमा रहेको सिमखोलाको पुलसँगै सडक क्षतिग्रस्त बनेको थियो । अहिले खोलाबाट डाइभर्सन गरेर सवारी सञ्चालन गरिएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise