२०८२ असोज ४ गते शनिवार / Sep 20 , 2025 , Saturday
२०८२ असोज ४ गते शनिवार
Ads

‘स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्छ’

shivam cement
सूर्यप्रसाद भुसाल
२०८२ असोज ४ गते २१:२६
‘स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र विश्वसनीय बनाउनुपर्छ’

अर्घाखाँची : शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय, भरपर्दो र विश्वसनीय बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् । नगरपालिकाभित्र रहेका विभिन्न स्वास्थ्य चौकीहरूको स्थलगत अनुगमन गर्दै उनले गुणस्तरीय सेवा प्रवाहका लागि स्वास्थ्यकर्मीको अभाव हुन नदिने गरी व्यवस्थापन गर्ने तयारी भइरहेको बताए ।

सापकोटाले स्वास्थ्य क्षेत्र आमनागरिकको नैसर्गिंक अधिकार भएकाले यसलाई व्यवस्थित बनाउन आवश्यक रहेको उल्लेख गर्दै वडा स्तरमै सहज र गुणस्तरीय सेवा पु¥याउन आग्रह गरे । उनले भौतिक संरचना निर्माण मात्रै नभइ अहिले भएका संरचनाको अधिकतम प्रयोग गरी नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउनुपर्नेमा जोड दिए ।

उनले तीन तहका सरकारबीचको सहकार्य र समन्वयबाट विकट क्षेत्रका स्वास्थ्य चौकीहरूको सेवा विस्तारमा ध्यान दिनुपर्ने बताए । नगरभित्र रहेको १५ शय्याको अस्पताललाई व्यवस्थित गरेर स्थानीय नागरिकलाई उपचारका लागि बुटवल वा काठमाडौं धाउनुपर्ने अवस्था हटाउने तयारी भइरहेको जानकारी दिए ।

कार्यलयमा आउने सेवाग्राहीलाई मुस्कानसहित सेवा दिनुपर्ने उल्लेख गर्दै सापकोटाले नागरिकले पाउने निःशुल्क औषधि पर्याप्त मात्रामा वितरण गर्न निर्देशन दिए । युवाको मागअनुसार स्वास्थ्य सेवा उपलब्ध गराउनु कर्मचारीको दायित्व भएको बताउँदै उनले गुनासो आइपरे कर्मचारीलाई कारबाही गर्ने चेतावनी समेत दिए ।

अनुगमनका क्रममा कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृतलाई आफ्ना समस्या सुनाएका थिए । नगरपालिका वडा नं. ११ मा रहेका स्वास्थ्य संस्था, त्यहाँका सम्पर्क कार्यलय, वडा नं. ८, १०, १३ र वडा नं. ९ का स्वास्थ्य संस्थाहरूको पनि अनुगमन गरिएको शितगंगा नगरपालिका स्वास्थ्य शाखाका सहायक लक्ष्मण पौडेलले जानकारी दिए ।

अनुगमनमा वडा नं. ११ का अध्यक्ष नवराज भुसाल, वडा नं. ९ का अध्यक्ष भीम केसी, स्वास्थ्य शाखा प्रमुख दामोदर पौडेल, पत्रकार अराज बेल्वासे, स्वास्थ्य शाखा सहायक लक्ष्मण पौडेल लगायतको टोली सहभागी थियो । विकट स्थानका सरकारी कार्यालयहरूको अवस्थाबारे जानकारी लिन टोली पुगेको हो । 

ADV

सम्बन्धित खबर

Advertise