२०८२ कार्तिक ३ गते सोमवार / Oct 20 , 2025 , Monday
२०८२ कार्तिक ३ गते सोमवार
Ads

ग्लोबल आइएमईले पायो ‘बेस्ट बैंक अवार्ड’

shivam cement
मध्यान्ह
२०८२ कार्तिक २ गते २०:५९
ग्लोबल आइएमईले पायो ‘बेस्ट बैंक अवार्ड’

काठमाडौं : ग्लोबल आइएमई बैंकले दोस्रोपटक ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेस्ट बैंक अवार्ड २०२५’ प्राप्त गरेको छ । शनिबार अमेरिकामा आयोजित कार्यक्रममा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले अवार्ड प्राप्त गरेका छन् ।

विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, ग्राहकमैत्री सेवा र क्रेडिट रेटिङजस्ता मापदण्डका आधारमा ग्लोबल आइएमईलाई नेपालका लागि उत्कृष्ट बैंकका रूपमा चयन गरिएको हो । सो अवार्डसहित बैंक लगातार दुई वर्ष (२०२४ र २०२५) ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ ।

अध्यक्ष ढकालले सो सम्मानले बैंकलाई अझ उत्कृष्ट सेवा प्रदान गर्न प्रेरणा मिलेको बताउँदै नेपाल सरकार, राष्ट्र बैंक, सेयरधनी, कर्मचारी र ग्राहकप्रति आभार व्यक्त गरे । ग्लोबल फाइनान्सले यस वर्ष एचएसबिसी (हङकङ), स्टेट बैंक अफ इन्डिया, चाइना कन्स्ट्रक्सन बैंक, युओबी मलेसिया र एसएमबिसी जापानसहित विश्वका विभिन्न बैंकहरूलाई विभिन्न विधामा सम्मान गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise