काठमाडौं : जगदम्बा मोटर्स प्रालिअन्तर्गतको इलेक्ट्रिक सवारीसाधन ब्रान्ड प्रोटोन इमासले धनगढीको बोराडाँडीमा आफ्नो सोरुम विस्तार गरेको छ । सेल्स, सर्भिस र स्पेयर पाट्र्सका सम्पूर्ण सेवा एकै छानामुनि उपलब्ध गराउने गरी सोरुम विस्तार गरेको हो ।
ग्राहकलाई विश्वस्तरको अनुभव प्रदान गर्न डिजाइन गरिएको यस सेन्टरले धनगढीका प्रोटोन इमासका ग्राहकलाई देशभरको समान प्रिमियम मापदण्डसहितको सुविधा उपलब्ध गराउने जनाएको छ । सोरुम उद्घाटन प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष केशवराज जोशीले गरेका थिए ।
‘धनगढी सोरुम शैली, प्रदर्शन र दिगोपनासँग गतिशीलताको परिभाषा पुनर्लेखन गर्ने दिशामा हाम्रो यात्राको अर्को महत्वपूर्ण कदम हो,’ उद्घाटन समारोहमा जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेतवालले भने ।