२०८२ कार्तिक १२ गते बुधवार / Oct 29 , 2025 , Wednesday
२०८२ कार्तिक १२ गते बुधवार
Ads

केन्द्रीय समिति बैठकअघि कांग्रेस संस्थापनको छुट्टै छलफल, पार्टीलाई चुनावतर्फ केन्द्रित गर्ने निष्कर्ष

shivam cement
२०८२ कार्तिक १२ गते १८:२४
केन्द्रीय समिति बैठकअघि कांग्रेस संस्थापनको छुट्टै छलफल, पार्टीलाई चुनावतर्फ केन्द्रित गर्ने निष्कर्ष

काठमाडौंः नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकटका नेताहरुसँग छुट्टै छलफल गरेकाअ छन् । केन्द्रीय समिति बैठकको अघिल्लो दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकटका नेताहरुसँग ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा बोलाएर आगामी रणनीतिबारे छलफल गरेका हुन् । 

बैठकमा संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारीसहित करिव ७५ जना सहभागी थिए । सभापति शेरबहादुर देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि निरन्तर गुट भेला राख्दै आएका छन् । उक्त छलफलले पार्टी अब महाधिवेशनभन्दा अगामी २१ फागुनमा तोकिएको चुनावमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकालेको बताइएको छ । पार्टी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मंसिरमा नियमित नभए विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका छन् । केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति नतोके बेग्लै भेला राख्ने सम्मको तयारी इतरपक्षको छ । 

ADV

सम्बन्धित खबर

Advertise