काठमाडाैं : सामाजिक सन्देश बोकेको समलिङ्गी प्रेम सम्बन्ध, विवाह अनि समाजले हेर्ने दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको म्युजिक भिडियो ‘भतभती पोल्छ’ सार्वजनिक भएको छ ।
गीतमा युवा पुस्ताकी चर्चित गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा अमेरिकामा बस्दै आएका गीतकार नारायण रसाइलीको शब्द रहेकाे छ । दीप घतानीले संगीतवद्ध गरेको गीतलाई सञ्जीव बराइलीले संगीत संयोजन गरेकाे हो ।
भिडियोमा पल शाह र प्रियाना आचार्यको जीवन्त अभिनय हेर्न सकिन्छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेकाे हो । तारा लोहनी रसाइली निर्मात्री रहेकी भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । भिडियो गीतकार रसाइलीको च्यानल ‘नारायण रसाइली अफिसिएल’मार्फत् सार्वजनिक गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies