२०८२ कार्तिक ३० गते आइतवार / Nov 16 , 2025 , Sunday
२०८२ कार्तिक ३० गते आइतवार
Ads

वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार छैन : ओली

shivam cement
२०८२ कार्तिक ३० गते १५:२७
Shares
वर्तमान सरकारलाई निर्वाचन गराउने अधिकार छैन : ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई  निर्वाचन गराउने अधिकार नरहेको बताएका छन् ।

आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा अध्यक्ष ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै निर्वाचन गराउने अधिकार नरहेको बताएका हुन् ।

उनले एमाले निर्वाचनबाट नभागोस् भन्ने गरिएको भन्दै एमाले निर्वाचन गराउनुपर्छ भन्ने पक्षमा रहेको बताए । उनले देशको सबैभन्दा ठुलो र मजबुत पार्टी निर्वाचनबाट कहिल्यै नभाग्ने पनि स्पष्ट पारे ।

उनले यति धेरै हतियार लुटिएको, धेरै कैदीबन्दीहरू फरार रहेको समयमा निर्वाचन हुन नसक्ने बताए । 'अहिलेको सरकारसँग निर्वाचन गराउने के को हक छ ?' उनको प्रश्न छ । 

उनले भने, ‘कतिपय साथीहरूले भनेको सुनिन्छ, चुनावका लागि भाग्ने होइन, नेकपा एमाले । भनिरहनुपर्छ र भन्या ? देशका सबैभन्दा ठुलो, सबैभन्दा मजबुत पार्टी चुनावबाट भाग्ने होइन, त्यस्ता लुते कुरा गरिरहनुपर्छ र ? गर्ने नै होइन नि । चुनाव भए, हामी त चुनाव गराउन चाहन्छौं । तर यत्रा हतियार बाहिर, यत्रा कैदीबन्दीहरू बाहिर छन् । यस्तो सरकार । असंवैधानिक सरकार । योसँग चुनाव गराउने के को हक छ ? हक नै छैन । यो अनधिकृत हो । त्यसकारण यस्तो अनधिकृत । अनुभवविहीन छ । हामी सबैले सबैका लागि विघटित प्रतिनिधि सभाको तत्काल पुनर्स्थापनाको माग जोडदार ढंगले अघि बढाउनुपर्छ । मिडियाहरू देशलाई माया गर्दछन् भने तिनका सम्पादकीय यस्तामा लेखिनुपर्छ ।’

अध्यक्ष ओलीले सबैले तत्काल विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्नुपर्ने बताए ।

ADV

ताजा खबर

सम्बन्धित खबर