
ताप्लेजुङ : विघटित प्रतिनिधिसभा पुन:स्थापना र जेन जेड आन्दोलनका क्रममा भएको तोडफोडमा संलग्नहरूलाई कारबाहीको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज जनसभा गरेको छ ।
सभाअघि पार्टीका पोलिटब्युरो सदस्य तथा ताप्लेजुङका अध्यक्ष तिलकुमार मेन्याङवोलगायत नेताको अगुवाइमा र्याली आयोजना गरिएको थियो । सभामा ताप्लेजुङका नौ वटै पालिका कमिटीका अगुवा कार्यकर्ता सहभागी छन् ।