
काठमाडौंः जेनजी आन्दोलनपछि सरकारलाई राजस्वका लक्ष्य भेट्न मुस्किल परेको छ । अर्थ मन्त्रालयले उपलव्ध गराएको तथ्यांकअनुसार सरकारले धेरै जसो शिर्षकमा पहिलो चौमासमा लक्ष्यअनुसार राजश्व उठाउन सकेन ।
जेनजी आन्दोलनको असर पनि राजश्व संकलनमा देखिन थालेको छ । अर्थ मन्त्रालयकाअनुसार चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासमा सरकारले ३ खर्ब २६ अर्ब राजस्व संकलन गरेको छ । जबकी कात्तिक ३० सम्म सरकारले ४ खर्ब २५ अर्ब राजस्व संकलनको लक्ष्य लिएको थियो । यसले आगामी दिनमा सरकारलाई खर्च धान्न समेत अप्ठ्यारो पर्ने देखिएको छ । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ मा १४ खर्ब भन्दा बढी राजश्व उठाउने लक्ष्य राखेको छ ।
चालू आवको चौमासमै धेरै जसो राजश्वका सूचांकहरुले लक्ष्य नभेटेका कारण चालू आर्थिक वर्षमा वार्षिक लक्ष्यअनुसार कर नउठ्ने देखिएको छ । कात्तिक मसान्तसम्म अन्तःशुल्कमा सरकारले ९६ अर्ब ९२ करोडको राजश्व उठाउने लक्ष्य रहेकोमा ७४ अर्ब ५९ करोड मात्रै राजश्व उठेको छ । त्यस्तै, मुल्य अभिवृद्धि करतर्फ १ खर्ब २५ अर्ब उठाउने लक्ष्य रहेकोमा यस अवधिमा १ खर्ब ७ अर्ब मात्रै उठेको छ ।
यस्तै, कात्तिक मसान्तसम्म सरकारले अन्त शुल्क शिर्षकमा ६७ अर्ब ६२ करोडको लक्ष्य लिएकोमा ६२ अर्ब १ करोड संकलन गरेको तथ्यांकले देखाउछ । अन्तःशुल्कमा ९३ अर्ब राजश्व उठाउने सरकारी लक्ष्यमा पहिलो चौमासमा धक्का लागेको छ । यो शिर्षकमा कात्तिक ३० सम्ममा सरकारले ६१ अर्ब १५ करोड मात्रै राजश्व उठाएको छ । सरकारले यसरी लक्ष्यअनुसार राजश्व नउठाउँदा आगामी दिनमा प्रशासनिक खर्च समेत धान्न महाभारत हुने देखिन्छ ।