२०८२ मंसिर ४ गते बिहिवार / Nov 20 , 2025 , Thursday
२०८२ मंसिर ४ गते बिहिवार
Ads

पाकिस्तान र इराकको जेलबाट ५६० जना अफगान कैदी जेलमुक्त, सबै स्वदेश फिर्ता

shivam cement
२०८२ मंसिर ४ गते १६:५०
Shares
पाकिस्तान र इराकको जेलबाट ५६० जना अफगान कैदी जेलमुक्त, सबै स्वदेश फिर्ता

काठमाडौं : गत हप्ता मात्र पाकिस्तान र इराकका जेलमा बन्दी बनाइएका ५६५ जना अफगान नागरिकहरू जेल मुक्त भई अफगानिस्तान फर्केको  शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

रिहा गरिएका मध्ये दुई महिनासम्म पाकिस्तानी जेलमा रहेका ५१७ जना अफगान कैदीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा हुँदै घर फर्केको जनाइएको छ । इराकमा छ देखि नौ महिना कैदमा रहेका थप ४८ जना अफगानीलाई पश्चिमी निमरोज प्रान्तको पुल–ए–अब्रेसम सीमाबाट  स्वदेश फिर्ता  गरिएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको  छ ।

गत जुलाईमा सार्वजनिक परराष्ट्र मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार दश हजारभन्दा बढी अफगान नागरिकहरू विदेशमा, बन्दी बनाइएका छन् भने तिनीहरूमध्ये अधिकाशं इरान र पाकिस्तानमा रहेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर