२०८२ मंसिर ४ गते बिहिवार / Nov 20 , 2025 , Thursday
२०८२ मंसिर ४ गते बिहिवार
Ads

सिमरा झडपमा संलग्न दुई जना वडाध्यक्ष पक्राउ

shivam cement
२०८२ मंसिर ४ गते १७:१०
Shares
सिमरा झडपमा संलग्न दुई जना वडाध्यक्ष पक्राउ

काठमाडौं : बाराको सिमरामा बुधबार जेनजी र नेकपा (एमाले) कार्यकर्ताबीच भएको झडपमा संलग्न दुई जना वडाध्यक्ष पक्राउ परेका छन् ।  

उक्त झडपमा संलग्न भएको आरोपमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा–६ का अध्यक्ष कैमद्विन अन्सारी पक्राउ परेका छन् । 

जेनजी नेता सम्राट उपाध्यायले कुटपिटको आरोपमा दिएको जाहेरीपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख सन्तोष तामाङले बताए । दुवै जना एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । 

घटनामा संलग्न सबैलाई पक्राउ गर्न माग गर्दै जेनजीहरू बिहीबार बिहानदेखि आन्दोलनमा उत्रिएर पथलैया सडक अवरुद्ध गरेका छन् । सडक खोलाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा फेरि झडप समेत भएको थियो । 

बुधबार एमाले युवा संघको राष्ट्रिय जागरण कार्यक्रमको विरोधमा जेनजीहरूले सिमरा विमानस्थल अगाडि प्रदर्शन गर्दै गेटसमेत तोडफोड गरेका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर