२०८३ असोज १९ गते सोमवार / Oct 05 , 2026 , Monday
२०८३ असोज १९ गते सोमवार

जापानिज इन्सेफ्लाइटिसबाट झापामा ६ जनाको मृत्यु

Nada
२०८३ भदौ ५ गते ११:५३
Shares
जापानिज इन्सेफ्लाइटिसबाट झापामा ६ जनाको मृत्यु

भद्रपुर (झापा) : वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । 

ncell

मेचीनगर नगरपालिका-८ की ६४ वर्षीया महिलाको जेइ संक्रमणबाट मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको  संख्या छ पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो । यससँगै जिल्लामा जेइ संक्रमितको संख्या ११ पुगेको छ । हालसम्म चार महिला र दुई पुरुषको मृत्यु भइसकेको छ । 

उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेई परीक्षणलाई बढाइनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको उनले जानकारी दिए । 

ताजा खबर

सम्बन्धित खबर