२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ

Nada
२०८३ साउन २७ गते १२:०१
Shares
पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ

सुर्खेत : पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने पतिलाई पक्राउ गरिएको छ ।

ncell

भेरीगंगा नगरपालिका–१३ सुर्खेत रामघाट निवासी ५० वर्षीय महेश्वरी रानालाई शरीरमा पेट्रोल छर्केर आगो लगाउने उनका पति ४९ वर्षीय जयबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो । 

मंगलबार बेलुका ५ बजे शरीरमा पेट्रोल छरी आगो सल्काएको अवस्थामा १८ वर्षीया छोरी पुष्पा रानाले आमाको शरीरमा लागेको आगो निभाएकी हुन् ।

तत्काल शरीरको आगो निभेपछि छोरी पुष्पाले आमाको उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेत पुर्‍याएकी थिइन् ।

अनुहार, घाँटी र शरीरको विभिन्न भागमा करिब ३६ प्रतिशत जलेको अवस्थामा रानालाई अस्पतालमा लगिएको  जिल्ला प्रहरी कार्यालय सुर्खेतका  प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।

 उनका अनुसार महेश्वरीलाई थप उपचारका लागि मंगलबार नेपालगन्ज रेफर गरिएको र त्यहाँ पनि सम्भव नहुने देखिएपछि राति ११ः३० बजे भारतको लखनउ रेफर गरिएको छ ।

सम्बन्धित खबर