२०८३ कार्तिक २८ गते शनिवार / Nov 14 , 2026 , Saturday
२०८३ कार्तिक २८ गते शनिवार

लोकआस्थाको महापर्व छठको रौनक

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ कार्तिक २८ गते ०८:००
Shares
लोकआस्थाको महापर्व छठको रौनक

रौतहट : ​कार्तिक शुक्ल चतुर्थी अर्थात् शुक्रबारदेखि मधेश प्रदेशसहित नेपाल र भारतका विभिन्न हिन्दू बाहुल्य क्षेत्रमा लोकआस्था निष्ठा र सूर्य उपासनाको महान पर्व छहर्षोल्लासका साथ सुरु भएको छ। चार दिनसम्म कठोर नियम र निष्ठापूर्वक मनाइने यस पर्वको पहिलो दिन शुक्रवार व्रतालुहरूले श्रद्धा र भक्तिपूर्वक नहाय–खाय विधि सम्पन्न गर्दैछन् । ​

छठ पर्वको पहिलो दिनलाई स्थानीय भाषामा अरबा–अरबाइन वा नहाय–खाय भनिन्छ । यस दिन व्रतालुहरूले बिहानैदेखि पवित्र नदी, पोखरी तथा जलाशयहरूमा पुगी स्नान गरेर तन र मनलाई पवित्र बनाउँछन् । स्नानपश्चात उनीहरूले पूर्ण रूपमा शुद्ध सात्त्विक र शाकाहारी भोजन ग्रहण गर्ने परम्परा रहेको छ ।

नहाय–खायका दिन विशेषगरी भोजनमा चोखो किसिमले तयार पारिएको लौका वा फर्सीको तरकारी चनाको दाल र चामलको भात समावेश गर्ने चलन छ । खाना पकाउँदा तथा सामग्री तयार पार्दा सरसफाइ र पवित्रतामा विशेष सतर्कता अपनाइन्छ ।

यसै दिनदेखि व्रतालुहरूले घरपरिवारको सुख शान्ति र आरोग्यको कामना गर्दै सम्पूर्ण रूपले ब्रह्मचर्य पालन र कठोर नियमको पालना सुरु गर्छन् । साथै छठ पर्वमा मुख्य रूपमा प्रयोग हुने बाँसका सामग्री, माटाका भाँडाकुँडा र पूजाका अन्य बन्दोबस्तीका तयारीसमेत शुक्रबारदेखि औपचारिक रूपमा थालिएको छ ।

वैदिक सनातन संस्कृतिअनुसार चार दिनसम्म विभिन्न धार्मिक विधिहरूसहित मनाइने यस पर्वको विस्तृत तालिका ​​कार्तिक २८ गते शनिबार – लोहण्डा तथा खरना: दिनभर उपवास बसी साँझपख खीर र रोटी प्रसादको रूपमा ग्रहण गरी व्रतालुहरूले ३६ घण्टाको निर्जला व्रत सुरु गर्नेछन् ।

कार्तिक २९ गते आइतबार – सन्ध्या अर्घ्य सझिया घाट: बाँसको डाली र सुπमा अर्वाचिन फलफूल, ठेकुवा र कसारसहितका प्रसाद सजाई व्रतालुहरूले जलाशयमा पुगी अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य अर्पण गर्नेछन् । ​

कार्तिक ३० गते सोमबार – उषा अर्घ्य तथा पारण: सप्तमीका दिन बिहान सबेरै उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिन लामो कठोर व्रत औपचारिक रूपमा समापन (पारण) गरिन्छ। ​सूर्यदेव र छठी माताको आराधना गरिने यस पर्वमा व्रतालुहरूले परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको फेरबहालीका लागि प्रार्थना गर्ने गहिरो धार्मिक विश्वास रहिआएको छ ।

विशेषगरी मधेश प्रदेशका जिल्लाहरू, मिथिलाञ्चल तथा तराईका गाउँदेखि सहरसम्मका नदी किनार, तलाउ र पोखरीहरू अहिले दुलहीझैँ सिंगारिएका छन् । ​

जातजात, वर्ग र समुदायको सीमाभन्दा माथि उठेर सबै नागरिकहरू एकैसाथ जलाशयको किनारमा जम्मा हुने यस पर्वले धार्मिक आस्था, पारिवारिक एकता, लैङ्गिक समानता र प्रकृतिप्रतिको सम्मानको अनुपम सन्देशसमेत प्रवाहित गर्दै आएको छ ।

छठ पर्वको अवसरमा नेपाल सरकारले यस वर्ष पनि कात्तिक २९ र ३० गते दुई दिन सार्वजनिक बिदा दिएको छ ।

laxmi recruitement

सम्बन्धित खबर