-शिव कुमार श्रेष्ठ
नयाँ संविधानमा प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिक मताधिकार आवधिक निर्वाचन, पूर्ण प्रेस, स्वतन्त्रता एवं स्वतन्त्र, निष्पक्ष न्याय पालिका र कानूनी राज्यको अवधारणा उल्लेख गरिएको भए पनि हाम्रो देशमा सोही अनुरुप कार्यन्वयन हुन सकेको छैन । देशले विकास नगर्नु सक्नु पनि मुख्य कारण तलदेखि माथिसम्मका कर्मचारी राजनीतिज्ञ, ठेकेदार, व्यापारी भ्रष्टाचारी हुनु हो । देशमा हुने गरेको भ्रष्टाचार र आर्थिक अनियमिता विरुद्ध संरक्षणको साटो सामाजिक वहिस्कार गरेको खण्डमा देशले फड्को मारेर काँचली फेर्ने छ । आपूmलाई प्राप्त अधिकार जिम्मेवारी र पदको दुरुपयोग गरी आपूm, आफन्त वा आपूm नजिक व्यक्ति वा संस्थालाई फाइदा पु¥याउनु भ्रष्टाचार हो ।
नेपाल राज्य निर्माता स्वः पृथ्वीनारायण शाहले भनेका थिए घुस लिन्या र दिन्या दुवै देशका शत्रु हुन । तर, देशको हरेक क्षेत्रमा भ्रष्टाचारले व्याप्त छ । यतिसम्म कि अख्तियार दुरुपोग अनुसन्धान आयोगदेखि न्यायलयसम्म पनि भ्रष्टाचारमा मुछिएको उदाहरणहरु प्रशस्तै छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीसमेत बालुवाटारको ललिता निवास जग्गा काण्डमा संलग्नता रहेको पाइएको छ । त्यस्तै गोर्खा ब्रुअरीको ८८ करोड कर छली प्रकरणमा तीन न्यायाधीश रामचन्द्र यादव, जीवनहरि अधिकारी र नरबहादुर शाही मुछिएका त्यसका ज्वलन्त उदाहरण हुन् । विराटनगर जुटमिलको जग्गामा पनि भ्रष्टाचार भएको छ । उक्त जग्गा बिक्री वितरणमा सभामुख पनि संलग्न रहेको ६९ विगामा भ्रष्टाचार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार मौलाएको हैन भ्रष्टाचारीहरु समातिएका छन् भने पनि नगन्य र तल्ला तहका कर्मचारी, व्यापारी र राजनीतिक कार्यकर्ताहरु मात्र । जबसम्म माथिल्ला दर्जाका कर्मचारी, व्यापारी, ठेकेदार, राजीनीतिज्ञलाई कारवाही गरिदैन तबसम्म भ्रष्टाचार मुक्त समाज देश हुन सक्दैन । यसकालाई जरैदेखि उखेल्नु पर्ने छ । अन्यथा भ्रष्टाचार उन्मूलन वा अन्मुक्तिले सार्थकता पाउने छैन भन्नेमा दुइ मत नहोला । दण्डहिनताको अवस्था रहनु दिनु हुँदैन ।
भ्रष्टाचारको जरा चौतर्फी मजबुत भएर फैलिएको छ । उक्त भ्रष्टाचारको जरालाई रुखले सहारा दिएको छ भने सूर्यको किरणले पालनपोषण गरी रहेको छ । साथै उक्त जरालाई हसिया, हथौडा र कुटोले गोडमेल गरि रहेको छ । जरालाई पलाउन गाई, गोरुले गोवर मल प्रदान गरी अझ मौलाउने पोषक तत्व प्रदान गरी रहेको छ । भ्रष्टचारीहरु साँढे झै उन्मुक्त भइ राष्ट्रिय सम्पति खाई राखेका छन् । विरोध गर्नेलाई उल्टो हान्ने र खेद्ने प्रक्रिया चालिरहेको छ । भ्रष्टाचारीहरु लगाम विनाको धोडा र अगाडि नाथ र पछाडि पगाहा विनाको साँढे गोरु झै छन् । भ्रष्टाचारीहरु चुर्लुम्म भ्रष्टाचारमा डुबेर अकुत सम्पत्ति आर्जन गरिरहेका छन् । अरुको त के कुरा । स्वयम् भ्रष्टाचारीलाई कारवाही गर्ने निकाय अख्तियारका पूर्वआयुक्त राजनारायण पाठकदेखि अरुलाई न्याय दिने न्यायाधीशहरु र देशको बागडोर सम्हालेका मन्त्री र पूर्व प्रधानमन्त्रीहरुसम्म भ्रष्टाचारमा मुछिएको देखिन्छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति राजकुमार रौनियारले पटक पटक गरी १ करोड २८ लाख घुस लिइ भ्रष्टाचार गरेको सर्वविदितै छ । विराजनगर जुटमिलको ६९ विगाजग्गा बाहेक अग्रभागमा रहेको २ विधा १६ कठा जमिन भ्रष्टाचारी व्यक्तिले आप्mनो बनाएर बिक्री गरिसकेका छन् । यसबाट काले काले मिलेर खाऊ भाले भनेझै भाग वन्डा गरिरहेको पुष्टि हुन्छ ।
अहिले मुलुकमा दुई तिहाइको स्थिर सरकार भएको बेला जन निर्वाचित तीनै तहका जनप्रतिनिधिहरु इमान्दार र कर्तव्यनिष्ठ नभए देश विकास, समृद्धि र सुशासन हुन सक्दैन । राज्यको इमान्दारी पूर्वक प्रयास आवश्यक छ । यसको सुरुवात तलबाट हैन माथिबाट हुन पर्दछ । मुलत राजनीति क्षेत्र भ्रष्टाचारमुक्त नभई कर्मचारी चोखो हुनु सक्दैन । मुहान संग्लो नभई तल फोहर घट्दैन । सरकारी कार्यालयमा सेवाग्राहीहरुले आम रुपमा परिवर्तन आएको संकेतसम्म महसुस गर्न पाएका छैनन् । विकृति र बिसंगति अन्त हुन आवश्यक छ । भ्रष्टाचार शून्य सहनशीलता सम्पूर्ण नेपालीहरुको भावना प्रतिविम्ब गर्ने अभिव्यक्ति हो । यसलाई सवल र सफल कार्यन्वयन नभए सम्म देशमा सदाचारको वास पनि हुन सक्दैन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies