काठमाडौं : युवा स्टार प्रदीप खड्का अभिनित फिल्म ‘प्रेमगीत ३’ को छायाँकन अघि नै करिब एक करोडमा बिदेश रिलिजको लागि बिक्री भएको छ । प्रेम गीतको दुई ओटा शृंखलाको सफलतापछि तेश्रो शृंखलाको रुपमा फिल्म ‘प्रेमगीत–३’ को निर्माण सुरु भएको छ । अहिले यसको गीत रेकर्डिङ देखि लोकसन हन्टिङ समेत सकिएको छ ।
यसै क्रममा फिल्म ‘प्रेम गीत ३’को विदेशको लागि वल्र्ड वाईड रिलिज कपि राईट् बिक्री भएको हो । फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्नेछन् । यो फिल्मका निर्माता निर्देशक सन्तोष सेनको ३४ औं जन्मोत्सवको अवसरमा शुक्रबार बेलुका काठमाडौंमा आयोजित विशेष कार्यक्रममा यो फिल्मको विदेश रिलिज राईट्स दाताज् इभेन्ट म्यानेजमेन्टलाई दिइएको छ ।
यो फिल्मलाई बिदेशका लागि दाताराम घिमिरेले ९५ लाखमा किनेका छन् । आयुसेन फिल्मस् र दाताज् इभेन्ट म्यानेजमेन्टबीच सम्झौता आदन प्रदान समारोहमा यो फिल्मका अभिनेता प्रदीप खड्काले पनि यसपटक प्रेम गीत ३ मा आफुले ढुक्कले राम्रो काम गर्न पाउने बताउँदै निर्माता सन्तोष सेनलाई जन्मदिनको शुभकामना दिए । जन्मदिन समारोहको आयोजना अभिनेता प्रदीप खड्काले नै गरेका थिए । कार्यक्रममा उनले सन्तोष सेन राम्रो चलचित्र निर्माण गर्न कुनै सम्झौता नगर्ने निर्माता भएको बताए ।
दातारामले पनि यस अघि प्रेमगीतका दुई ओटै शृंखला सुपरहिट भएका कारण ढुक्कसँग आफुहरुले ९५ लाख रुपैयाँ तिरेर यसको बिदेश रिलिज राईट किनेको बताएका छन् । आफ्नो फिल्म बिदेश राईट ९५ लाखमा बिक्री भएकोमा निर्माता सन्तोष सेनले आफुहरुलाई अब फिल्म निर्माणमा कुनै समस्या नभएको बताएका छन् ।
कार्यक्रममा विभिन्न सिनेकर्मी, सञ्चारकर्मीदेखि आफन्तसम्मले सन्तोषलाई जन्मदिनको शुभकामना दिए । असोजमा छायांकनमा जाने ‘प्रेमगीत–३’ मा शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खडका, कृष्टिना गुरुङ, सन्तोष सेन, पुष्कर कार्की, प्रेम पुरी, क्रिजन गौतम, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, माओत्से गुरु, लक्ष्मी बर्देवा लगाएतका कलाकारहरुको अभिनय रहनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies