काठमाडौं : चीनले राष्ट्रपति सी जिनपिङले नेपालको राजकीय भ्रमण गर्ने औपचारिक घोषणा गरेको छ । आज चिनिया विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता हुवा चुनयीङले राष्ट्रपति सीले आगामी शनिवार र आइतबार नेपालको भ्रमण गर्ने जानकारी दिएका हुन् ।
राष्ट्रपति सी ले भारतको तमिलनाडु राज्यको चेन्नईमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक बैठकपछि नेपालको राजकीय भ्रमण गर्ने विदेश मन्त्रालयले जनाएको छ । नेपालको परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ती प्रकाशित गरी आगामी शनिवार सी नेपालको राजकीय भ्रमणमा आउने जानकारी दिएको छ ।
चिनियाँ राष्ट्रपति सीले दुई दिने नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सीले नेपालका वरिष्ठ नेताहरूसँग पनि भेट गर्ने जनाइएको छ । भ्रमणका क्रममा दुईपक्षिय हितका विषयमा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने बताइएको छ । चीनका राष्ट्रपतिले तेइस वर्षपछि नेपालको भ्रमण गर्न लागेका हुन । सी जिनपिङ राष्ट्रपति भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies