काठमाडौंः नेपाल कमर्श क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ । क्याम्पसले एक सूचना जारी गर्दै शनिबार हुने भनिए निर्वाचन स्थगित गरिएको जानकारी गराएको हो ।
क्याम्पस प्रमुख धु्रवप्रसाद सिलवालकाअनुसार क्याम्पसमा निर्वाचनसम्बन्धी काम कारबाही अगाडि बढाउने क्रममा असहज परिस्थिति श्रृजना भएको र निर्वाचनसम्बन्धी काम कारबाही अगाडि बढाउन सक्ने अवस्था नभएको निष्कर्षसहित निर्वाचन स्थगित गरिएको हो ।
क्याम्पस प्रमुख सिलवाल र निर्वाचन अधिकृत लालबहादुर बस्नेतद्वारा संयुक्त हस्ताक्षरसहित जारी सूचनामा स्ववियु निर्वाचन समिति, क्याम्पस प्रशासन र निर्वाचन आचार संहिता अनुगमन तथा समन्वय समितिको चैत ११ गते बसेको संयुक्त बैठकले अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको उल्लेख छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies