प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : मानव अधिकारका लागि महिला, एकल महिला जिल्ला सञ्जाल रुकुम पश्चिमको तेस्रो साधारण सभा मुसिकोटमा सप्पन्न भएको छ । साधारण सभाले निर्मला विष्टको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा मनकला पुन, सचिवमा जमुना बिक, सहसचिवमा देउमा भण्डारी र कोषाध्यक्षमा सुबारी ओली चयन भएका छन् ।
समितिले एकल महिलाका समस्या समाधान गर्ने छ । एकल महिलाहरु समस्यामा नपरुन् भन्ने हेतुले समिति गठन गरिएको हो । सम्मेलनमा जिल्ला समन्वय समिति रुकुम पश्चिमकी पूर्वउपप्रमुख इन्द्रिरा बिएम (नाथ) को सहभागिता रहेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies