बिन्द्र राई/मध्यान्ह
उदयपुर : उदयपुरमा यस वर्षको एसईई परीक्षामा ६ हजार १७ परीक्षार्थी सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ उदयपुरको परीक्षा शाखाको तथ्यांकअनुसार जिल्लामा बेलका ३, चौदन्डीगढी ४, त्रियुगा ९, कटारी ४, रौतामाई १ उदपुरगढी २ लिम्चुङ्बुङ र ताप्ली १÷१ गरी २५ परीक्षा केन्द्र तोकिएका छन् ।
परीक्षामा सामुदायिकतर्फ ४ हजार ९ सय ६३ र संस्थागततर्फ १ हजार ५४ विद्यार्थीले सहभागीता जनाएका छन् । परीक्षामा नियमिततर्फ ५ हजार ६ सय ७३,प्राविधिक १ सय ९२ र ग्रेड वृद्धि १ सय ५२ सहभागी भएका छन् ।
परीक्षामा शिक्षक, कर्मचारी र सुरक्षाकर्मी गरी ९ सय २७ जना खटिएका शिक्षा विकास तथा समन्वय इकाइ उदयपुर परीक्षा शाखा प्रमुख अनिल कार्कीले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies