प्रचण्ड खत्री/मध्यान्ह
रुकुम पश्चिम : रुकुम पश्चिमकाे बाँफिकाेट गाउँपालिका ५ बडागाउँका कृष्ण शाहीको १३ वर्षदेखि ह्वीलचेयरकै बास छ । कृष्ण शाहीका ३ भाइमध्ये उनी घरका जेठा छाेरा हुन् ।
अहिले कृष्ण शाहीकाे परिवार ५ जनाकाे छ । जसमा बुबा सर्जन शाही, श्रीमती कविता शाही, एक छाेरा अभिषेक शाही र एक छाेरी अनुपमा शाही रहेका छन् । अहिले कृष्ण शाहीकाे आर्थिक अवस्था निकै कमजोर छ । शाहीका छाेरा र छाेरी कक्षा ९ मा पढ्छन् ।
शाही २०६७ सालतिर सल्यान रुकुम यातायात समितिका जिप चालक थिए । अहिले रुकुम पूर्वको सिस्ने गाउँपालिकामा पर्ने धाउन्नेमा २०६७ माघ २१ गते साझँ ब्रेक फेल भएर जिप दुर्घटना भयो । जिप दुर्घटनामा घाइते भएका उनलाई जिल्ला अस्पताल सल्ले लगिएकाे र त्यहाँ उपचार नभएपछि नेपालगञ्ज भेरी अस्पताल हुँदै काठमाडौं जनमैत्री अस्पतालमा उपचारका लागि रिफर गरिएकाे उनकी श्रीमती कविताले बताइन् ।
कविता शाही भन्छिन्, 'आर्थिक अभावका कारण अहिले छाेरा छाेरी पढाउन मुस्किल भएकाे छ । अहिलेसम्म कसैकाे सहयाेग मिलेकाे छैन । कुनै संघ संस्था वा मनकारी व्यक्तिहरुबाट सहयाेग मिले बच्चाबच्ची पढाउनका लागि केही सहज हुने थियो, तर अहिलेसम्म कतैबाट सहयोग भएन ।'
कृष्ण शाही अहिले ४२ वर्षका भए । एक ठाउँबाट अर्को ठाउँ जानका लागि उनलाई ह्वीलचेयरको साहारा चाहिन्छ । जसका कारण उनी केही काम गर्न सक्दैनन् । 'अहिले १३ वर्ष भयाे मेराे आधा शरीर चल्दैन,' शाहीले दुखेसो पोखे, 'आर्थिक अभावले राम्रोसँग उपचार गराउन पनि सकेको छैन ।'
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies