सन्तोष बराइली/मध्यान्ह
सिरहा : जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानद्वारा आयोजना गरिने लहान एक्स्पो मधेश प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८० को तयारी पूरा भएको छ । ‘समृद्धिको आधार, उद्योग, कृषि, पर्यटन र व्यापार’ भन्ने नाराकासाथ यहि चैत ३० गते देखि २०८१ बैशाख १० गतेसम्म चल्ने एक्स्पोमा भारत, पाकिस्तान, बगंलादेशका उत्पादन कम्पनीहरुले समेत आफ्ना उत्पादन प्रदर्शन तथा व्यापार गर्नेछन् ।
मोटरसाइकल, कार, होटल, रेष्टुरेण्ट, होटल, मोवाईल, निर्माण सामाग्रि, फर्निचर, कुटिर उद्योग, कृषि उत्पादन लगायत इलेक्ट्रोनिक कम्पनीहरुलाई समेत गरी करिब एक सय स्टल छुट्याइएको छ । प्रतिस्टल १५ देखि ५० हजारसम्म भाडा दर तोकिएको आयोजकले जनाएको छ ।
उक्त एक्स्पो आयोजनाका लागि लहान नगरपालिकाले मात्रै ५० लाख रुपैयाँ पूर्ण अनुदान दिने निर्णय गरेको छ । जसमध्ये अग्रिम भुक्तानी ४५ लाख रुपैयाँ एक्स्पो आयोजना गरेको जिल्ला उद्योग वाणिज्य संघ सिरहाका अध्यक्ष विकास शारडालाई उपलब्ध गराईसकेको छ ।
व्यापार संघका अध्यक्ष विकास शारडाले अहिलेसम्म सबै स्टल बुकिङ भईसकेको बताउँदै एक्स्पो उद्घाटन उपप्रधान तथा भौतिक योजना तथा यातायात मन्त्री रघुबिर महासेठले गर्ने बताए ।
एक्स्पोमा कलाकारहरु प्रमोद खरेल, कमल खत्री, मेलिना राई, अनु चौधरी, धुर्मुस सुन्तली, प्रिती पासवान, रमेशराज भट्टराई, एलिना चौहान, प्रमोद जखमी, सुनिल पण्डित, सन्नु कुमार, तेजु मैथिल, सरोज सन्त, अनुराधा चौधरी लगायत विभिन्न डान्सर तथा मोडेलसँगै डान्स ग्रुपहरुको प्रस्तुति रहने पनि अध्यक्ष शारडाले बताएका छन् ।
उनका अनुसार एक्स्पोमा भोजपुरी चलचित्र उद्योगकी चर्चित नायिका अक्षरा सिंह पनि आफ्नो प्रस्तुती दिन आउने भएकी छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies