पुर्ण कुमार/मध्यान्ह
डोल्पा : डोल्पाको मष्टा भवानी सामुदायिक वनमा भएको आगलागी निभाउने क्रममा घाइते भएका अर्का १ जनाको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा देविदत्त गुल्ममा कार्यरत २३ वर्षीय सिपाही आशिष बुढाको उपचारका क्रममा नेपालगञ्ज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले बताएको छ ।
आइतबार भएको आगलागी निभाउने क्रममा सोमबार बिहान घाइते भएका चार जनामध्ये सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत बुढा र विजय कोइरालालाई नेपालगञ्ज भेरी हस्पिटल पठाइएको थियो । अर्का घाइते जम्दार केशव बहादुर मगरलाई मंगलबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज पठाइएको छ ।
यसअघि सोमबार साँझ जिल्ला अस्पताल डोल्पामा जुम्लाको तातोपानी गाउँपालिका ४ स्थायी घर भइ देविदत्त गुल्म दुनैमा कार्यरत २८ वर्षीय हेमन्त रावतको पनि मृत्यु भएको थियो ।
आइतबार लागेको आगो सोमबार पुन: सल्किएपछि देविदत्त गुल्ममा कार्यरत नेपाई सेनाका १६ जनाको टिम बिहान आगो निभाउनका लागि गएको थियो । आगो निभाउने क्रममा घाइते अरु १२ जनाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies