काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा झडप भएको छ । सरकारलाई राखेको ४० बुँदे माग पूरा गर्न दबाब दिँदै राप्रपाले काठमाडौंमा निकालेको जुलुसले निषेधित क्षेत्र तोडेपछि प्रहरीले पानीको फोहोरा हान्नुका साथै लाठी चार्ज गरेको छ ।
निषेधित क्षेत्र तोड्दै प्रदर्शनकारीले ढुंगामुढा गरेपछि बल प्रयोग गरिएको प्रहरीले जानकारी दिएको छ । सोक्रममा प्रहरीले सांसद ज्ञानेन्द्र शाहीलाई नियन्त्रणमा लिएको छ ।
मंगलबार दिउँसो राप्रपाले भृकुटीमण्डप, भद्रकालीलगायत क्षेत्रमा प्रदर्शन गरेको हो । राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies