काठमाडौं : नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकमा पर्ने कतारले आप्रवासी कामदारको न्यूनतम तलवमा संशोधन गर्ने भएको छ । कतारको संसद् शुरा काउन्सिलमा सोमबार त्यस विषयमा छलफल भएको कतारी सञ्चारमाध्यमहरुले जनाएका छन् । कतारले आप्रवासी कामदारको न्यूनतम तलव तोक्न त्यहाँको श्रम मन्त्रालय अन्तर्गत ज्याला समिति गठन गर्ने छ ।
उक्त समितिले कतारी मन्त्रिपरिषद्को निर्णय अनुसार आप्रवासी कामदारहरुको न्यूनतम तलव तोक्ने र तोकिएको तलवबारे अध्ययन गर्ने छ । त्यहाँको शुरा काउन्सिलले श्रम कानूनको मस्यौदामा विधायिका मामिला समितिबाट छलफल गराउने बताएको छ । शुरा काउन्सिल कतारी संसदको एड्भाइजरी निकाय मानिन्छ । कुनै पनि कानून कार्यान्वयन अघि शुरा काउन्सिलले अनुमोदन गर्ने व्यवस्था रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies