२०८१ पुष १२ गते शुक्रवार / Dec 27 , 2024 , Friday
२०८१ पुष १२ गते शुक्रवार
Ads

भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न सबैको सहयोग आवश्यकः मुख्यमन्त्री आचार्य

ADV
सुर्य प्रसाद भुसाल
२०८१ पुष ११ गते २२:०६
भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न सबैको सहयोग आवश्यकः मुख्यमन्त्री आचार्य

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न लागि परेकाले यसलाई निष्कर्षमा पुर्‍याउन सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

सुशासन, पारदर्शिता कायम राख्न भ्रष्टाचारमुक्त शासन प्रणाली स्थापित गर्न प्रदेश सरकार लागि परेकोले सबैको सहयोगले मात्रै यो सम्भव रहेको उनले बताए । 

गैरसरकारी संस्था महासंघ नेपाल लुम्बिनी प्रदेश समितिले दाङको लमहीमा आयोजना गरेको प्रदेशस्तरीय नागरिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सुशासन कायम भए भ्रष्टाचार अन्त्य हुने बताउँदै सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना कार्यान्वयनमा लगिएको बताए  । 

‘सरकारको नेतृत्व गरेकै दिन भ्रष्टाचारविरुद्ध रणनीतिक योजना निर्माण गर्ने निर्णयमा हस्ताक्षर गरेको थिए  । अहिले त्यो योजना तयार भएर कार्यान्वयनमा गएको छ’ उनले भने, ‘सरकारले नागरिकमा बढ्दै गएको निरासालाई चिर्न सुशासन, प्रवद्र्धन र भ्रष्टाचारविरुद्धका अभियानलाई प्राथमिकता दिएको छ ।’ नेतृत्वमा रहेकाहरुलाई नै केन्द्रित गरेर आचारसंहिता निर्माण गरेर लागू गरेको उनले बताए । 

प्रदेश सरकारले गर्ने कामप्रति नागरिकहरु गुनासो गर्न पाउने र त्यसको सुनुवाइ गर्ने संयन्त्रको विकास गरिएको उनको भनाइ छ ।

मुख्यमन्त्री आचार्यले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहितामा बाँधिएको र खर्च कटौतीका लागि विशेष पहल गरिएको बताए । भ्रष्टाचार नियन्त्रण गर्न सबै सरोकारवालाहरूको सहयोग आवश्यक रहेको  उनको भनाइ छ । 

प्रदेश सरकारले जनमुखी कानून निर्माणलाई विशेष प्राथमिकता दिएको बताउँदै दलित सशक्तीकरण विधेयक, अपांगमैत्री कानुन बनाउन आवश्यक विधेयक अघि बढाउने उनले प्रतिवद्धता व्यक्त गरे । गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जितकुमारी बेल्वासेको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा नागरिक सम्मेलनको उद्घाटन गरिएको थियो । 

सम्मेलनको तर्फबाट मुख्यमन्त्री आचार्यलाई घोषणापत्र समेत हस्तान्तरण गर्दै कार्यान्वयन गर्न आग्रह गरिएको छ । मुख्यमन्त्री आचार्यले सम्मेलनले उठाएका सवालहरुलाइ सम्बोधन गरिने बताएका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise