२०८१ पुष ११ गते बिहिवार / Dec 26 , 2024 , Thursday
२०८१ पुष ११ गते बिहिवार
Ads

विज्ञापन बोर्ड र त्रिविको आमसञ्चार केन्द्रीय विभागबीच सहमति

ADV
मध्यान्ह
२०८१ मंसिर २० गते २०:०२
विज्ञापन बोर्ड र त्रिविको आमसञ्चार केन्द्रीय विभागबीच सहमति

काठमाडौं : नेपाल सरकार विज्ञापन बोर्ड र त्रिभुवन विश्वविधालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागवीच शोधवृत्ति प्रदान गर्ने सहमति भएको छ । पत्रकारिता तथा आमसञ्चार क्षेत्रमा स्नातकोत्तर, दर्शनाचार्य र विधावारीधि गरिरहेका विधार्थीहरुले विज्ञापनको विषयमा शोध गरे त्यस्तो शोधवृत्ति प्राप्त गर्नेछन् ।

विज्ञापन बोर्डमा बिहिबार आयोजित कार्यक्रममा बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईं र विभागका प्रमुख डा. कुन्दन अर्यालवीच सो सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो । विज्ञापन बोर्डले विज्ञापन विषयमा अध्ययन अनुसन्धान हुन नसकेकोले विधार्थीहरुलाई आकर्षित गर्न शोधवृत्तिको व्यवस्था गरेको हो ।

शोधवृत्तिले यस क्षेत्रमा अध्ययन र अनुसन्धानमा थप सहयोग पुग्ने अपेक्षा बोर्डले राखेको छ । सहमति पत्रमा हस्ताक्षर गर्दे पत्रकारिता तथा आमसञ्चार विभागका विभागीय प्रमुख डा. कुन्दन अर्यालले शोधवृत्तिको व्यवस्थाप्रति विज्ञापन बोर्डलाई धन्यवाद दिए ।

उनले छात्रवृत्ति विधार्थीलाई उपयोगी हुने बताए । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले शोधवृत्तिले विज्ञापनको अध्ययनमा मद्दत पुग्ने र विधार्थीहरु आकर्षित हुने अपेक्षा गरिएको वताए । सहमतिले त्रिभुवन विश्वविधालय र बोर्डविच समझदारी बढ्ने समेत उनले बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise