काठमाडौं :नेपालका लागि डोङफेङ नामी र सेरेसको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले नारायणी अटोकर्पसँगको साझेदारीमा वीरगञ्जमा नयाँ शोरुमको उद्घाटन गरेको छ । यो कदम नेपालभर आफ्नो प्रभाव विस्तार गर्न र आफ्ना ग्राहकहरूको आवश्यकता पूरा गर्ने एमएडब्लू वृद्धिको प्रतिबद्धतामा एउटा महत्वपूर्ण कोसेढुंगा रहेको जनाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, एमएडब्लू वृद्धि मोटर्सका डिलर हेड गोविन्द भुसाल, नारायणी अटोकर्पका प्रबन्ध निर्देशक रजत बजाज, नारायणी अटोकर्पका निर्देशक रवि केयाल र नारायणी अटोकर्पकै रवि बजाजलगायतको उपस्थितिमा उक्त शोरुमको उद्घाटन गरिएको थियो ।
वीरगञ्जको मुटुमा रहेको प्रतिमा चोकमा अवस्थित नयाँ शोरुमले आगन्तुकहरूलाई डोङफेङ र सेरेसका नवीनतम ईभी मोडलहरूको उत्साहजनक अनुभव प्रदान गर्ने जनाइएको छ ।