काठमाडौं : नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले डिसेम्बर ९, २०२४ देखि ’डिसेम्बर डिलाइट’ अभियान सुरू गरेको छ । डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकहरूले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरूको फाइदा लिन सक्नेछन् ।
डिसेम्बर डिलाइट अन्तर्गत ग्राहकहरूले ६ लाख रूपैयाँसम्मको छुट ५ लाख रूपैयाँसम्मको एक्स्चेज बोनस र एक वर्षको बीमा सेवा प्राप्त गर्न सक्नेछन् । त्यस्तै, यस अभियानमा जिरो कस्ट अनरशिप प्लान रहेको छ । जसमा ग्राहकहरूले आफूलाई मन पर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन् ।
साथै ३ वर्षको निःशुल्क चेक–अप, गाडी मर्मत सामग्रीहरू तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिने जनाइएको छ । हुन्डाई नेपालले ग्राहकहरुको अनुभवलाई सधैँझैँ विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको हो ।
तसर्थ, देशभरका सो–रुमहरुमा उपस्थित भई यस अभियानको फाइदा उठाउन सबै ग्राहकहरूलाई अनुरोध र प्रोत्साहित गर्दछ । योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर र थापाथाली सोरूमहरूमा पर्व विशेष कार्यक्रमहरूको पनि आयोजना हुने बताइएको छ ।