२०८१ पुष १२ गते शुक्रवार / Dec 27 , 2024 , Friday
२०८१ पुष १२ गते शुक्रवार
Ads

नाडा र नाडाका प्रादेशिक एशोसिएशनबीच अन्तरक्रिया सम्पन्न

ADV
मध्यान्ह
२०८१ मंसिर २४ गते २१:२५
नाडा र नाडाका प्रादेशिक एशोसिएशनबीच अन्तरक्रिया सम्पन्न

काठमाडौं : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल, चितवन अटोमोबाइल्स एशोसिएशन र नाडा प्रादेशिक एशोसिएशनका अध्यक्षहरूबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । चितवनमा अटोमोबाइल क्षेत्रका समसामयिक विषयहरूमा वृहत छलफल भएको हो ।

छलफलमा प्रदेशहरूको संरचनाअनुसार नाडालाई कसरी अगाडि बढाउने, नाडाको सदस्यतालाई डिजिटलाइज्ड गर्ने, नाडाको विधान संशोधनका सम्बन्धमा र खुल्ला बोर्डरले पारेको समस्याहरूको विषय उठान भएको थियो ।

यस्तै, सवारी साधन आयातकर्ता र डिलरहरू बीचको समस्या, आर्थिक मन्दीले अटोमोवाइल व्यवसायमा पारेको समस्या, सेकेण्ड हयाण्ड अटोमोवाइल पार्ट्सहरूको व्यवस्थापन र त्यसको बैधानिकताको सम्बन्धमा, भन्सार मूल्यांकनले पारेका समस्याहरू लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा अध्यक्ष करण चौधरी, निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य सुनिल रिजाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष डा. ध्रुव थापाले अटोमोवाइल व्यवसायमा हाल देखा परिरहेको समस्या र त्यसको समाधानको विषयमा विशेष चर्चा गरेका थिए ।

उक्त कार्यक्रमको मोडरेट नाडाका केन्द्रीय कार्य समितिका सदस्य सुनिल रिजालले गरेका थिए भने कार्यक्रम सञ्चालन केन्द्रीय कार्य समिति सदस्य अनुप बरालले गरेका थिए । यस किसिमका कार्यक्रमहरूले नाडा र नाडा प्रदेश एशोसिएशनहरू बीचको सम्बन्ध थप सुदृढ र प्रगाढ हुँदै जाने विश्वास नाडाले लिएको जनाइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise