काठमाडौंः स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा गोरखसम्शेर राणा नियुक्त भएका छन् । सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले राणालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत रहेका राणा आगामी चार वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका हुन् । २०५० सालमा तत्कालिन ग्रिनलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड बैंक) मा सहायक स्तरको सेवा सुरु गरेका उनी विगत ३१ वर्षदेखि बैंकिङ सेवामा छन् ।