२०८१ पुष १६ गते मङ्गलवार / Dec 31 , 2024 , Tuesday
२०८१ पुष १६ गते मङ्गलवार
Ads

एमाले–माओवादी गठबन्धन रोक्न बीआरआईमा हस्ताक्षर

ADV
अस्मिता बम
२०८१ पुष १४ गते ०६:३५
एमाले–माओवादी गठबन्धन रोक्न बीआरआईमा हस्ताक्षर

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा शुक्रबार साँझ धनगढी पुगिन् । धनगढी विमानस्थलमा पत्रकारहरूसँगको भेटमा उनले २ छिमेकी मुलुक भारत र चीनसँग नेपालको सम्बन्ध राम्रो रहेको बताइन् । 

पत्रकारहरूसँग छुटेपछि उनले शुक्रबार साँझै र शनिबार बिहान स्थानीय नेताहरूसँग भेटघाट गरिन् । नेताहरूका अनुसार डा.  राणालाई स्थानीय नेताहरूको दुइटा जिज्ञासा थिए । एउटा– भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणको निम्तो किन दिएन ? अर्को– बीआरआईमा हस्ताक्षर गर्न कांग्रेस किन तयार भएको र बीआरआईमा भएको हस्ताक्षरबारे भारतको प्रतिक्रिया के छ ? 

भेटमा उपस्थित एक नेताका अनुसार परराष्ट्रमन्त्री डा. राणाले भारतले नेपालका प्रधानमन्त्रीलाई औपचारिक भ्रमणका लागि निमन्त्रणा नदिएको तर यसका लागि वातावरण बन्दै गरेको बताएकी छन् । आफू भारत र चीन दुवैसँग उस्तै राम्रो सम्बन्ध बनाउन लागि.परेको भन्दै उनले यसको परिणाम चाँडै निस्कने विश्वास लिएकी छन् । 

पत्रकारहरूसँग पनि उनले यस्तै बताएकी छन् । उनले भनेकी छन्, ‘हामीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई गत सेप्टेम्बरमा नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा गरेका छौं । उहाँ पनि नेपाल आउनुहुन्छ होला, हामीलाई पनि अवश्य बोलाउनुहुन्छ । उहाँहरूको व्यस्तता होला, उपयुक्त समयमा पक्कै बोलाउनुहुन्छ ।’ 

चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई)मा हस्ताक्षर भएको विषयमा पनि कुनै शंका नराख्न कांग्रेस नेताहरूलाई परराष्ट्रमन्त्री डा. राणाको आग्रह छ । बीआरआई फेमवर्कमा हस्ताक्षर भए तापनि नयाँ विषय नरहेको उनको ब्रिफिङ छ । 

बीआरआईअन्तर्गत कुनै पनि कार्य अगाडि बढ्न फेरि अर्को सम्झौता हुनुपर्ने भएकाले यसलाई लिएर पार्टी र सरकार कतै ढल्कियो कि भनेर सोच्न आवश्यक नरहेको उनको भनाइ छ । यही विषय आफूले भारतीय पक्षसँग पनि राखेको उनले बताएकी छन् । 

परराष्ट्रमन्त्री डा. राणाका अनुसार बीआरआईमा हस्ताक्षर नगरेको भए एमाले–माओवादी केन्द्रको गठबन्धन बन्ने र कांग्रेस सरकारबाट बाहिरिनुपर्ने अवस्था बनेको थियो । यो परिस्थितिको ब्रिफिङ डा. राणाले भारतीय नेताहरू र आफ्नै पार्टीभित्रसमेत गरेकी हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा गत १९ मंसिरमा बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको थियो । योसँगै नेपालले चीनले अघि बढाएको र सन् २०१७ मा हस्ताक्षर गरेको बीआरआईलाई आधिकारिक रूपमा अघि बढाउने पक्का भएको सन्देश प्रवाह भएको छ । तर, यसमा भारतले चित्त दुखाएको नेताहरू बताउँछन् ।

प्रधानन्त्री ओलीसँगै चीन भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा. राणा नेपाल फर्किएपछि युरोपियन मुलुक हुँदै नयाँ दिल्ली पुगिन् । भारतबाट पनि डा. राणा नेपाल फर्किसकेकी छन् । तर, नयाँ दिल्लीमा उनले गरेको राजनीतिक भेटघाटका विवरण सार्वजनिक भएका छैनन् ।

ADVADV

सम्बन्धित खबर

Advertise