२०८३ असोज १४ गते बुधवार / Sep 30 , 2026 , Wednesday
२०८३ असोज १४ गते बुधवार

युके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ

Nada
२०८१ माघ २१ गते १२:५९
Shares
युके पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कास्की अन्नपूर्ण गाउँपालिका–२ घर भइ काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने ३२ वर्षीय मदन भण्डरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । 

ncell

मदनले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३७ लाख ५० हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सम्बन्धित खबर