काठमाडौं : स्कोडा नेपालले विलासी, सुरक्षित र प्रिमियम ड्राइभिङ अनुभवहरूलाई अझै बढी पहुँचयोग्य बनाउन एक नवीन फाइनान्सिङ योजना घोषणा गरेको छ । स्कोडा नेपालले इन्टरनल कम्बसिबल इन्जिन सवारी साधन खण्डमा पहिलोपटक वार्षिक ६.९९ प्रतिशतको अविश्वसनीय एवं आकर्षक ब्याजदरमा सवारी साधनलाई ८० प्रतिशतसम्म फाइनान्सिङ प्रदान गर्नेछ ।
यो पहलले अटोमोबाइल बजारमा ग्राहकहरूलाई विद्युतीय सवारी साधनको जस्तै स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ । यो फाइनान्सिङ योजना प्रायः ग्राहकहरूलाई प्रिमियम सवारी साधनको स्वामित्व लिनबाट रोक्ने उच्च अग्रिम लागतहरूलाई सम्बोधन गर्न शुरू गरिएको हो ।
कम्पनीको सो अफरले राजमार्गको आरामदायी यात्रा होस् वा ड्राइभिङको प्रिमियम अनुभव लिन खोज्ने ग्राहकहरूको सपनालाई वास्तविकता बनाउने कम्पनीको दाबी छ ।