२०८१ फागुन २९ गते बिहिवार / Mar 13 , 2025 , Thursday
२०८१ फागुन २९ गते बिहिवार
Ads

सुनको मूल्य बढ्यो

hardik ivf
मध्यान्ह
२०८१ माघ २८ गते ११:३२
सुनको मूल्य बढ्यो

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक लाख ६९ हजार छ सय तोकिएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला रु एक लाख ६८ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार चार सयले बढेको हो ।

त्यस्तै आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला रु एक हजार नौ सय ७५ तोकिएको छ । आइतबार सोही परिमाण चाँदी रु एक हजार नौ सय ६० मा कारोबार भएको थियो ।

नेपालमा सुन तथा चाँदीको मूल्य अन्तरराष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ । हाल अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार आठ सय ७९ अमेरिकन डलर आसपास कारोबार भइरहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise