काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ‘इनफ इज इनफ’ का अभियन्ताहरुलाई भेट्न बसन्तपुर पुगेका छन् । सतप्रतिशत पीसीआर परीक्षणको माग राख्दै अनसन बसिरहेका अभियन्ताहरुलाई समर्थन गर्न सभापति देउवा बसन्तपुर पुगेका हुन् ।
असार २३ गते सरकार पक्षसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै अभियन्ताहरु अहिले बसन्तपुरमा अनसनरत रहेका छन । अनसनरत युवाहरु भेटेपछि सभापति देउवाले सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरे ।
उनले इनअफ इज इनफ अभियानप्रति आफ्नो पार्टीको समर्थन रहेको प्रतिक्रिया दिए । अभियानप्रति ऐक्यवद्धता जनाउन सभापति देउवा, नेता कृष्णप्रसाद सिटौला लगायतका नेता वसन्तपुर पुगेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies