२०८३ मंसिर १२ गते शनिवार / Nov 28 , 2026 , Saturday
२०८३ मंसिर १२ गते शनिवार

गौरमा मदरसाका छात्रालाई न्यानो कपडा र खाद्यान्न सहयोग

Nada
इसत्याक अहमद
२०८३ मंसिर १२ गते १७:३६
Shares
गौरमा मदरसाका छात्रालाई न्यानो कपडा र खाद्यान्न सहयोग

रौतहट : बढ्दो चिसोबाट प्रभावित मदरसामा अध्ययनरत छात्राहरूलाई राहत प्रदान गर्ने उद्देश्यले रौतहटको गौर नगरपालिका–३ स्थित एक मदरसाका करिब ३० जना छात्रालाई न्यानो सामग्री तथा खाद्यान्न वितरण गरिएको छ ।

सामाजिक अभियन्ता तथा आगामी स्थानीय तह निर्वाचनमा गौर नगरपालिकाको मेयर पदका आकांक्षी सन्तोष पौडेलको पहलमा नेपाल मुस्लिम शान्ति समाज, रौतहट शाखासँगको सहकार्यमा उक्त सहयोग वितरण गरिएको हो ।

कार्यक्रमअन्तर्गत छात्राहरूलाई कम्बल, ५० मिटर न्यानो फोम (म्याट), खाद्यान्न तथा खाजाका सामग्री प्रदान गरिएको आयोजकले जनाएको छ ।

चिसो मौसममा पर्याप्त न्यानो सामग्रीको अभावले विद्यार्थीहरूको दैनिक जीवन तथा पठनपाठनमा असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सहयोग कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

विशेषगरी आर्थिक रूपमा विपन्न परिवारका छात्राहरूलाई लक्षित गरी गरिएको यस सहयोगले मदरसाको आवासीय वातावरणलाई सहज बनाउनुका साथै उनीहरूको अध्ययनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय पौडेलको पहलमा सम्पन्न उक्त कार्यक्रमले धार्मिक शिक्षालयमा अध्ययनरत बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्न समुदाय र सामाजिक संस्थाबीचको सहकार्य महत्त्वपूर्ण रहेको सन्देश दिएको छ ।

स्थानीय स्तरमा शिक्षा तथा मानवीय सेवासँग सम्बन्धित यस्ता अभियानलाई निरन्तरता दिन सके विपन्न तथा असहाय विद्यार्थीहरू लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर