
काठमाडौं : नेपाल पत्रकार महासंघको एसोसिएट संस्था कार्टुनिष्ट क्लबका अध्यक्ष बासु क्षितिजलाई पितृशोक परेको छ । उनका ८० वर्षीय बुबा विष्णुबहादुर श्रेष्ठको शनिबार बिहान ६ बजे निधन भएको हो ।
नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिका अनुसार निमोनियाबाट पीडित श्रेष्ठको काठमाडौंस्थित वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय श्रेष्ठका दुई छोरा र एक छोरी छन् ।
श्रेष्ठको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी शोक वक्तव्यमा स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ । साथै अध्यक्ष बासु क्षितिजसहित शोकाकुल परिवारजनमा यस दुःखद् घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरिएको छ ।