शुभ नारायण कामती/मध्यान्ह
सिरहा : सिरहा नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा खर्च गरेको रकममा अनियमितता भएको आंशकामा अख्तियारको बर्दिबास कार्यालयको टोलीले आइतबार छापा मारेको हो ।
नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणमा खरिद सम्बन्धी कागजातको प्रतिलिपि छानविनका लागि नियन्त्रणमा लिएको जनाइएको छ । सिरहा नगरपालिकाले जिल्लास्तरीय कोभिड नियन्त्रणमा ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको थियो । उक्त विवरणमा केही सामग्रीको मूल्य बजार भाउ भन्दा अत्याधिक बढी पाइएपछि अख्तियारले चासो देखाएको हो ।
सिरहा नगरपालिकाबाट माक्स ८ लाख ७ हजार ५ सय ७५ थान खरिदमा २० लाख २ हजार ९ सय ९७ रुपैयाँ, थर्मलगन ७ थानमा १५ हजार ७ सय ५३ रुपैयाँ, ग्लोब्स ३७ हजार ७० थानमा ६ लाख ८८ हजार ८ सय, सेनिटाइजर ५ हजार ९ सय ९९ लिटर मा १४ लाख १ हजार ९७ रुपैयाँ, साबुन ७२ कार्टुन मा १ लाख ७२ हजार १ सय ९५ रुपैयाँ, पीपीई २ सय २५ थानमा ९ लाख १८ हजार ४ सय ९१ रुपैयाँ, किटनाशक औषधि छर्ने स्प्रे सानो २० थानमा ५ हजार, रेनकोट १ सय १५ थानमा १ लाख ९३ हजार, रेनवुट ३ सय ३७ थानमा ३ लाख १२ हजार १ सय ५० रुपैयाँ, डस्ना ३ सय ६ थानमा ४ लाख ५५ हजार ८ सय ५० रुपैयाँ, बेड ३ सय ४९ थानमा २ लाख ५९ हजार ४ सय, झुल सुपानेट ६ सय ६० थानमा ३ लाख ३० हजार, तन्ना ५ सय ५८ थानमा ४ लाख ५० हजार ३ सय ७५ रुपैयाँ, तकिया ५ सय ११ थान २ लाख ८ हजार ९ सय ५० रुपैयाँ, तकिया खोल १ सय ११ थान ३१ हजार ९ सय २५, कम्बल ४०६ थानमा ४ लाख २४ हजार ५ सय ७५ रुपैयाँ, स्प्रीटमा २ हजार ६ सय, विद्युतीय सामाग्री खरिदमा ६ लाख ५६ हजार ६ सय २५ रुपैयाँ खर्च गरिएको छ ।
यसैगरी खानेपानी धाराहरुको सामाग्री खरीदमा २ लाख ५८ हजार ६ सय ५१ रुपैयाँ, फलामे खाट २ सय ५० थानमा ११ लाख ९४ हजार ६ सय ८५ रुपैयाँ, किटनाशक औषधि छर्ने स्प्रे ठूलो २५ थानमा १ लाख ४९ हजार ७ सय २५, क्वारेन्टाइन बस्नेको खाना, नास्ता र चियामा ३१ लाख ८३ हजार ५ सय, जोखिम भत्तामा १३ लाख ५४ हजार, लामखुट्टे औषधि खरिद तथा छर्किने कार्य र सरसफाईमा १७ लाख ५० हजार खर्च गरिएको छ ।
त्यसैगरी वडाबाट वडा नं. १ देखि २२ सम्म राहत वितरणमा २ करोड ७७ लाख ७९ हजार ४ सय, वडा नं. १ देखि २२ सम्म माक्स, सेनिटाइजर, साबुन, ग्लोव्स आदी वितरण कार्यमा खर्च १ करोड ४ लाख ८४ हजार ९ सय १६ रुपैयाँ गरी ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैयाँ खर्च रहेको सिरहा नगरपालिका प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिए । खर्चको विवरण तयार गर्दा त्यसमा प्रिन्ट मिस्टेक भएको सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवले बताएका छन् । बढी खर्च देखाइएको सन्दर्भमा मेयर यादवले रुपैयाँ र पैसालाई नछुट्टयाएर सिँधै लेखेका कारण रकम बढी देखिएको पनि जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies