२०८२ असोज ७ गते मङ्गलवार / Sep 23 , 2025 , Tuesday
२०८२ असोज ७ गते मङ्गलवार
Ads

वीरगञ्जमा नयाँ वर्षको पूर्वसन्ध्यामा सुरु भयो ‘रात्रि बजार’

shivam cement
मध्यान्ह
२०८१ चैत ३० गते १२:१०
वीरगञ्जमा नयाँ वर्षको पूर्वसन्ध्यामा सुरु भयो ‘रात्रि बजार’

पर्सा : वीरगञ्जमा नेपाली नयाँ वर्षको अवसरमा ‘रात्रि बजार’ सञ्चालनमा ल्याइएको छ । शुक्रबारदेखि सुरु भएको रात्रि बजार चैत ३१ गतेसम्म वीरगञ्जको आर्दशनगरस्थित पुरानो बसपार्कमा रात्रि बजार सञ्चालन हुँदैछ ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले विगतमा वर्षमा जस्तै यस वर्ष पनि वीरगञ्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउनको लागि रात्रि बजार आयोजना गरेको  बताए । “यो बजारले कम्तीमा अबेरसम्म बजार सञ्चालन हुने वातावरण सिर्जना गर्ने अपेक्षा लिएका छौंँ”, उनले भने, “रात्रिबजारमा वीरगञ्जवासी तथा सीमावर्ती सहर रक्सौलवासीलाई रात्रिबजारमा सहभागी हुनका लागि अनुरोध गर्दछु ।” 

यसअघि पनि महानगरले रात्रिबजार सञ्चालन गर्दै आइरहेको छ । रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडालगायत सरसामानका स्टल राखिनेछ । त्यसको साथसाथै स्थानीय कलाकारको बेजोड साङ्गितिक प्रस्तुतसमेत रहने आयोजकले जनाएको छ । 

महानगरले रात्रिबजार सञ्चालनका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरेको जनाएको छ । ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाइईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्रिबजार लगाएको हो ।

ADV

सम्बन्धित खबर

Advertise