गणेश सिंह धामी/मध्यान्ह
दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका र कृषि ज्ञान केन्द्र दार्चुलाबीच नमूना फलफूल क्षेत्र विकास कार्यक्रमका लागि सहमति भएको छ ।गाउँपालिका र केन्द्रबीच दुइ पक्षीय साझेदारीमा नमूना फलफूल क्षेत्र विकास कार्यक्रम संचालन गर्न सहमति भएको हो ।
मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी र कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तवीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नमूना फलफूल क्षेत्र विकास कार्यक्रमका लागि गाउँपालिकाको ७ लाख , कृषि ज्ञान केन्द्रको १० लाख र कृषकहरुको जनश्रमदान गरि जम्मा २० लाखको लागत रहने कार्यक्रमका लागि सहमति भएको गाउपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले मध्यान्हलाई जानकारी दिए ।
मालिकार्जुन गाउँपालिका वडा नं. २ को न्वालपानी,३ को मलबाब,४ को गोठ्युडी,५ को हरडा र ८ को कोटिलादेखि कोटमा टर्कीको ओखर विरुवा कृषक समुहहरुलाई प्रदान गरिने केन्द्रका कार्यालय प्रमुख पन्तले जानकारी दिए ।
स्थानीय तह र कृषि ज्ञान केन्द्रवीच भएको यो सम्झौता दार्चुला जिल्लाका लागि नौलो कार्यक्रम भएको गाउँपालिका अध्यक्ष धामीले जनाएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies