-बलराम तिमल्सिना, सिन्धुली
जसले सँधै बन्द राख्यौ मलाई घरको दैलो !
कसको चित्त सफा भन कसको चित्त मैलो ?
जसले रोक्यो आजसम्म बराबरी बन्न
जसले किन नसकेको मलाई मान्छे भन्न ?
जसले गर्यो मान्छेभित्र उचनिच पैलो
कसको चित्त सफा भयो कसको चित्त मैलो ?
जसले लेख्यो शास्त्रहरू आफू राखी माथि
जसले लेख्यो हामीलाई हुन् अशुभ जाति
जसले थाल्यो मानिसमा विभाजन पैलो
कसको चित्त सफा भन कसको चित्त मैलो ?
जसले कब्जा गर्यो शक्ति सत्ता सान मान
जसले रोक्यो हामीलाई मान्छे बन्न जान
जसले थाल्यो विभेदको सिलसिला पैलो
कसको चित्त सुकिलो भो कसको चित्त मैलो ?
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies