काठमाडौं पछिल्लो समयको साङ्गीतिक बजारमा नेपाली लोक गीत सङ्गीतको चर्चा परिचर्चा बढ्दै गएको छ । माया प्रेम र बिछोडले भरिएका लोक तथा दोहोरी गीत दैनिक जसो बजारमा आइरहेका छन् । त्यसो त रमाइला, नचाउने किसिमका गीतहरु पनि नआएका होइनन् तर दर्शक श्रोताले मौलिक गीतलाई नै बढी रुचाउँछन् ।
यही साङ्गीतिक आकाशमा नयाँ मौलिक गीत थपिएको छ ‘मदानीमा नेती’ । यो गीत एक विशुद्ध गाउँले नेपाली शब्द हो । मोही पार्दा प्रयोग हुने मदानी र नेती शब्दबाट पूरा गीत तयार पारिएको छ ।
नेपाली समाजमा हराउँदै गएको मौलिकतालाई गीतले बोकेको छ । युवा पुस्ताका निकै लोकप्रिय गायक विक्रम परियार र अम्रीता श्रीपालको आवाजमा रहेको नेतीले चर्चा पाइरहेको छ । गीतमा शब्द शरद पाण्डेले कोरेका छन् भने गीतको म्युजिक गायक परियारकै रहेको छ ।
भिडियोमा आफ्नो प्रेमिकाको नजिक अरूले प्रवेश गर्दा रिसको आवेगमा निम्तिएको गम्भीर समस्या र प्रहरीको खोजी सूचिमा रहेका प्रेमी वरिपरि घुम्ने कथालाई फिल्मी शैलीमा प्रवीन थापाले आकर्षक शैलीमा तयार पार्दै निर्देशित गरेका छन् । राजेश घिमिरेले छायाङ्कन गरेको भिडियोमा सुधीर श्रेष्ठ र रबिना भण्डारीको उत्कृष्ट नृत्य देख्न सकिन्छ । गायक गायिकालाई प्रहरीको भूमिकामा पेश गरिएको भिडियो ‘बाबा इन्टरटेनमेन्ट टिभि’ नामक युट्युब च्यानलबाट बजारमा आएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies