
काठमाडौं : नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघको अध्यक्षमा विष्णु गोपाल गड्तौला निर्वाचित भएका छन् । शनिबार भएको महासंघको १०औं साधारणसभापछिको निर्वाचनमा प्रेम बास्तोलालाई पराजित गर्दै गड्तौला अध्यक्षमा निर्वाचित भएका हुन् । कार्यसमितिको अन्य पद भने निर्विरोध भएको छ ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश कार्की, उपाध्यक्षमा ऋषि भट्टराई, महासचिवमा जयप्रकाश यादव, सचिवमा चन्द्रकुमार सुदाम, सचिवमा समीक्षा पाण्डे, कोषाध्यक्षमा टेकबहादुर भुजेल र सहकोषाध्यक्षमा ज्योति श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
महासंघको कार्यसमिति सदस्यमा जगदीश काफ्ले, रेनुका पाण्डे, नवीनचन्द्र भण्डारी, नारायण पोखरेल, बुद्ध कार्की, प्रविन तिमिल्सेना, डिल्लीराज शर्मा, दीपक रेग्मी र भुना केसी निर्वाचित भएका छन् ।
महासंघको अध्ययक्षका लागि विष्णु गोपाल गड्तौला र प्रेम बास्तोलाबीच प्रतिस्पर्धा भएको थियो । यो समाचार तयार पार्दासम्म भने मतगणना जारी रहेको थियो ।