२०८२ असार ३१ गते मङ्गलवार / Jul 15 , 2025 , Tuesday
२०८२ असार ३१ गते मङ्गलवार
Ads

नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु

shivam cement
मध्यान्ह
२०८२ असार ३० गते १६:५२
नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु

नवलपरासीः नवलपुरमा करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ ।

कावासोती–३ स्थित एक सरकारी भवन निर्माण गर्ने क्रममा बर्दियाको ठाकुरबाबा–२ घर भइ हाल कावासोतीमा डेरा गरी बस्ने ३५ वर्षीय सरोज थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए ।

ड्रिल गर्ने क्रममा थारुलाई करेन्ट लागेको थियो । घाइते थारुको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृत्यु भएको हो । 
 

ADV

सम्बन्धित खबर

Advertise