यामराज विष्ट/मध्यान्ह
दैलेख : दैलेखमा १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ४० वर्षीय एक पुरुष पक्राउ परेका छन् । दैलेख प्रहरीले बालिका बलात्कार गरेको अभियोगमा केशव सुजीलाई पक्राउ गरेको हो ।
पीडित बालिकाका परिवारले जिल्ला प्रहरी कार्यालय दैलेखमा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गराएपछि आइतबार बालिका बलात्कार गरेको अभियोगमा सुजीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका सुजीमाथी दैलेख जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक (डीएसपी )अनुपम श्रेष्ठले मध्यान्हलाई जानकारी दिए ।
सुजीले बालिकालाई विवाह गर्ने लगायतका प्रलोभनमा पारी अरु कोहीसँग विवाह गरेमा बेईज्जत गरिदिन्छु भन्दै डर त्रास देखाएर बलात्कार गरेको पीडित परिवारको भनाइ छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies