माधव पराजुली/मध्यान्ह
पोखरा पोखरामा बढ्दो आधुनिक जीवन शैलीलाई मध्यनजर गर्दै सबै स्तरका ग्रहकहरुको रुचीलाई समेट्ने गरी एकै पटक सातै ठाउँबाट रेष्टुरेण्ट संचालनमा अएको छ । ‘सेभेन स्टेट फूड मार्ट’ नामक रेष्टुरेण्ट हालै संचालनमा आएको हो ।
पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइड, गैह्रापाटन, रत्नचोक, जिरोकिलोमिटर, प्रस्याङ, विन्ध्यवासिनी र नदिपुरमा ‘सेभेन स्टेट’ले सेवा प्रवाह गरिरहेको छ । पानी पुरी र चटपट रेष्टुरेण्टको विशेषता रहेको संचालक मध्येका एक सन्तोष पराजुलीले मध्यान्हलाई बताए । नेपालमै पहिलो पटक मेसिन माध्यमबाट पानी पुरीको स्वाद ग्राहकले लिन पाउँछन् ।
करिब एक करोड लगानीमा संचालनमा आएको ‘सेभेन स्टेट’मा पानी पुरी र चटपट बाहेक फास्टफुडका सम्पूर्ण परिकार उपलब्ध छन् । फुटपाथमा पाइने पानीपुरी उही मूल्यमा ‘सेभेन स्टेट’ रेष्टुरेण्टमा उपलब्ध छ ।
रेष्टुरेण्टले ‘टेक वे’ सेवा समेत उपलब्ध गराएको छ । ग्राहकलाई आवश्यक पर्ने फास्टफुड शीघ्र उपलब्ध गराउने ध्येयका साथ रेष्टुरेण्ट संचालन गरिएको अर्का संचालक कृष्ण सुवेदीले बताए ।
उनका अनुसार ‘सेभेन स्टेट’ रेष्टुरेण्टमा ४० जनाले रोजगार पाएका छन् । बिहानको कलेजको समय सकेर दिउँसो काम गर्ने गरी कर्मचारीलाई व्यवस्था मिलाइएको उनले बताए ।
सेभेन साइट’ रेष्टुरेण्टलाई आगामी दिनमा अझै विस्तार गर्ने सोच सुवेदीको छ । हाल पोखरामा मात्र शाखा रहेको रेष्टुरेण्टलाई नेपालका अन्य शहरमा समेत संचालन गरिने लक्ष्य संचालकहरुले राखेका छन् । भीआईपी र मध्यम वर्गीय ग्रहकका साथै विद्यार्थीका लागि लक्षित गर्दै रेष्टुरेण्ट संचालन गरिएको र सस्तो र सुलभ दरमा फास्टफुडको परिकार उपलब्ध गराउने गरिएको पराजुलीले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies