२०८२ असोज ५ गते आइतवार / Sep 21 , 2025 , Sunday
२०८२ असोज ५ गते आइतवार
Ads

गगनलक्षित प्रकाशशरण महतको टिप्पणी- 'आलो घाउमा नुनचुक छर्ने प्रवृत्ति गलत भयो'

shivam cement
मध्यान्ह
२०८२ असोज ५ गते ११:५८
गगनलक्षित प्रकाशशरण महतको टिप्पणी- 'आलो घाउमा नुनचुक छर्ने प्रवृत्ति गलत भयो'

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले नेतृत्व छोड्नुपर्ने बहस चलाइएको भन्दै आपत्ति जनाएका छन् ।

उनले परिस्थिति परिवर्तन भएसँगै उपचार पूरा हुन्जेलसम्म समेत कुर्न नसक्ने गरी बहस गर्नु उचित नभएको बताएका हुन् । आइतबार निजी निवास महाराजगञ्जमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले पार्टीका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै लोकतन्त्रको लागि लामो लडाईं लडेका पार्टी सभापति देउवाको उपचारसमेत पूरा नहुँदै तत्कालै नेतृत्व छोड्नुपर्छ भन्नेकुरा उचित नरहेको टिप्पणी गरे ।

आक्रान्त अवस्थामा संवेदनशील हुन नसक्नु दुर्भाग्यपूर्ण रहेको उनको ठम्याइ छ । आलो घाउ ठिक नहुँदै चलाइएको बहसप्रति गम्भीर बन्नुपर्ने उनले बताए । अहिले आफ्नो कमजोरी हटाउने, पार्टी एक बनाउने बेला भएको उनले बताए । आलो घाउमा नुन छर्ने प्रवृत्ति गलत भएको उनले बताए । अभिभावकमाथि सांघातिक प्रहार भएको बेलामा उपचार पूरा हुन दिँदा आकाश खस्छ ? भन्दै उनले प्रश्न गरे ।

प्रवक्ता महतले निर्धारित समयमा पार्टीको महाधिवेशन गर्ने जिम्मेवारी पदाधिकारीलाई दिएको बताउँदै पार्टी सभापतिमाथि मात्रै सबै दोष थुपार्ने कुरा गलत भएको बताए । समयमै अधिवेशन सम्पन्न होस् र त्यसमार्फत नयाँ नेतृत्वको निर्वाचन होस् भन्ने कुरा आफूहरुले पनि चाहेको उनले उल्लेख गरे । महामन्त्री थापाप्रति लक्षित गर्दै उनले बोल्न सहज हुने तर काम गर्न कठिन रहेको टिप्पणी गरे । 

प्रवक्ता महतले संवैधानिक व्यवस्थालाई पूर्ण रुपमा टेकेर अहिलेको सरकार बन्न नसक्नु दुःखद् भएको बताए । अब संविधानसम्मत बाटोबाट अघि बढ्नुपर्ने उनले बताए । उनले जेनजी आन्दोलनका क्रममा पार्टीका कार्यकर्ताहरु प्रवेश गरेर सरकारी र निजी सम्पत्तिमाथि आगजनी र तोडफोड गरिएको भन्दै उनीहरुमाथि छानबिन गरी कारबाही गर्नुपर्ने बताए । चाँडो भन्दा चाँडो लोकतान्त्रिक पद्धति र जननिर्वाचित सरकारको स्थापना हुन जरुरी रहेको उनले बताए ।

प्रवक्ता महतले विराटनगरमा कोइराला निवास जलाउनु भनेको राणाविरुद्ध कृष्णप्रसाद कोइरालाले लढेर गल्ती गरेको भन्न खोजेको हो ? भन्दै प्रश्न गरे । गणेशमान सिंहले २०४६ सालको आन्दोलन गर्नु गल्ती हो भन्न खोजेको हो ? भन्ने प्रश्न उनको छ । नवपुस्ताहरुको आन्दोलनले थप सोच्न बाध्य बनाएको उनले बताए । व्यवधानको बाबजुद देशमा धेरै कुरा विकास भएको उनको दाबी छ ।

ADV

सम्बन्धित खबर

Advertise