२०८२ असोज ५ गते आइतवार / Sep 21 , 2025 , Sunday
२०८२ असोज ५ गते आइतवार
Ads

जगदीश खरेल, संगीता मिश्रा, अनिलकुमार सिन्हा मन्त्रीमा सिफारिस

shivam cement
मध्यान्ह
२०८२ असोज ५ गते २०:३३
जगदीश खरेल, संगीता मिश्रा, अनिलकुमार सिन्हा मन्त्रीमा सिफारिस

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका लागि नयाँ नामहरू राष्ट्रपति समक्ष सिफारिस गरेकी छन् ।

सञ्‍चारमन्त्रीका लागि वरिष्ठ पत्रकार जगदीश खरेलको नाम अघि सारिएको छ। आइतबार प्रधानमन्त्री कार्कीले खरेललाई सञ्‍चारमन्त्री बनाउन सिफारिस गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । इमेज टेलिभिजनका पूर्वसमाचार प्रमुख खरेल दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि अतिरिक्त सचिव डा. संगिता कौशल मिश्राको नाम सिफारिस गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मिश्रालाई स्वास्थ्यमन्त्री बनाउन निर्णय गरेको हो । मन्त्री बन्ने सम्भावना देखेपछि उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् ।

प्रधानमन्त्री कार्कीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई पनि मन्त्रिपरिषद्मा समावेश गर्न सिफारिस गरेकी छिन् । उनलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दुबैको जिम्मेवारी दिने तयारी गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

ADV

सम्बन्धित खबर

Advertise