२०८२ असोज ७ गते मङ्गलवार / Sep 23 , 2025 , Tuesday
२०८२ असोज ७ गते मङ्गलवार
Ads

काठमाडौं महानगरपालिकाद्वारा ३५ स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण

shivam cement
मध्यान्ह
२०८२ असोज ७ गते १८:०७
काठमाडौं महानगरपालिकाद्वारा ३५ स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं : काठमाडौं महानगरपालिकाले देशका विभिन्न दुर्गम जिल्लामा रहेका ३५ वटा अस्पताल र स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । स्वास्थ्य सेवाबाट वञ्चित दुर्गम क्षेत्रमा आपतकालीन सेवालाई प्रभावकारी बनाउने उद्देश्यले यो सहयोग प्रदान गरिएको हो ।

महानगरले मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक विशेष समारोहमार्फत यी एम्बुलेन्सहरू सम्बन्धित स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेको छ । कार्यक्रममा दुर्गम तथा ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरूमा आपतकालीन सेवामा देखिएका चुनौती सम्बोधन गर्न एम्बुलेन्स वितरणलाई प्राथमिकता दिइएको थियो ।

यसै क्रममा सोलुखुम्बुको सोताङ गाउँपालिकास्थित सोताङ प्राथमिक अस्पतालले पनि एम्बुलेन्स प्राप्त गरेको छ । गाउँपालिकाका अध्यक्ष खिलाराज बस्नेतले राष्ट्रिय सभागृहमा आयोजित समारोहमा सहभागी भई एम्बुलेन्स ग्रहण गरेका छन् ।

यो पहलले दुर्गम क्षेत्रका बासिन्दाहरूलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

ADV

सम्बन्धित खबर

Advertise